प्रधानमन्त्री कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस खेल्दै


 


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल अुँदैछन् ।

आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। अर्को खेल काठकाडौंको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ।

१० टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

सुदूरपश्चिमले हालसम्म खेलेका ६ खेलमध्ये ४ खेलमा जित निकाल्दै ८ अङ्क जोडेको छ। यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ। आर्मीले हालसम्म ७ खेल खेलेकामा ५ खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्