गण्डकीमा एमालेद्वारा जिल्लामा अधिवेशन सुरु, म्याग्दीको अध्यक्षमा सुवेदी


 


पोखरा, माघ १४ । नेकपा एमालेले गण्डकी प्रदेशका जिल्लाहरुमा अधिवेसन सुरु गरेको छ ।

यसअन्तर्गत म्याग्दीको जिल्ला अधिवेशन चलिरहेको छ । दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा सुवेदीको मात्रै उम्मेदवारी भएको छ ।

अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत बिवश क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् । सचिवमा थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।

उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्