कम्प्युटर इन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा


 


काठमाडौं, माघ १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले भट्टराईविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवानाको माग गरेको छ ।

सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घुस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार उनले घुस बापतको रकम भट्टराईको खातामा जम्मा गरेकी थिइन् । सुमित्रालाई पनि सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्