तनहुँमा ४६ वर्षीया महिलामाथि जबरजस्ती करणी


 


तनहुँ, १४ माघ । तनहुँमा एक ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका(१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली खटिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्