जिपले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते


 


चितवन, माघ १४ । चितवनमा जिपकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

मंगलबार साँझ भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बाबु छोरी सवार बा।प्र।००३ प ८६२४ नम्बरको मोटरसाइकललाई बा।प्र। ००१ च ११९७ नम्बरको जिपले ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकै छोरी १५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्