एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरु


 


काठमाडौँ, माघ १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ ।

बैठक आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको हो । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।

केन्द्रीय परिषदमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने जनाइएको छ ।

दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्