बिहारका मुख्यमन्त्री नीतीशकुमारले दिए राजीनामा


 


काठमाडौँ । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् ।

उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् । बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ ।

गठबन्धन फेरेर फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड र केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टीबिच बिहारमा नयाँ सरकार गठनबारे सहकार्य हुनसक्ने जनाइएको छ ।

राजभवनमा नयाँ मुख्यमन्त्रीको शपथको तयारी समेत भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्