एसियन लाइफ इन्स्योरेन्सले लाभांश दिने


 


काठमाडौँ, माघ १४ । एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८।१५ प्रतिशत लाभांश दिने भएको छ ।

शुक्रवार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले कुल चुक्ता पुँजीको ७।७५ प्रतिशत बोनस सेयर र ०।४० प्रतिशत नगद ९कर प्रयोजनका लागि० लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । उक्त पुँजी बराबर ७।७५ प्रतिशत बोनस सेयर बापत कम्पनीले २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ बराबर सेयर वितरण गर्नेछ भने ०।४० प्रतिशत बराबर १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ नगद खर्च गर्नेछ ।

नगद र बोनस सेयर गरी कम्पनीले कूल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ खर्च गर्नेछ ।

प्रस्तावित लाभांश केन्द्रीय बैंकले स्वीकृत गरेसँगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्