सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, माघ १४ । नेपाली बजारमा सुनचाँदीको मूल्य याे हप्ताकाे पहिलाे दिन आज (आइतबार) पनि स्थिर छ ।

अघिल्लो हप्ताको विहीबारदेखि स्थिर रहेको सुनको मूल्य यो हप्ताको पहिलो दिन आज पनि स्थिर रहँदै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि गत बिहीबारदेखि नै स्थिर रहँदै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्