‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि परिचालन, को कहाँ खटिए ?


 


काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले हिमाली १० जिल्लाबाहेकका देशका अन्य सबै जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो । चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन ।

१६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ ।

२६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् ।

कुन जिल्लामा को खटिए ?

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्