कांग्रेसले विश्वास गुमाइसक्यो, गठबन्धनबारे समीक्षा गर्छौं : उपमहासचिव पुन


 


रोल्पा, माघ १३ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणामपछि उनले कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

गृह जिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे ।

हरेक पटकका निर्वाचनमा आफूहरूले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ थियो ।

‘हरेक चुनावमा इमान्दारपूर्वक कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ उनको पश्न थियो ।

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्