रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई


 


काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने दुई दिन भारत भ्रमणमा जाने भएपछि उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल भएपनि उनी पनि रविसँगै भारत जाँदैछन् ।

सभापति लामिछाने र उपसभापति अर्याल आज (शनिबार) दुई दिनका लागि भारतमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदैछन् ।

प्रकाशित मिति: १३ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्