हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ


 


काठमाडौं, माघ १२ । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राईलाई पक्रउ गरेको हो ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्