नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई दियो चेकिङ्ग बोर्ड


 


काठमाडौं, माघ १२ । नेपालको जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ ।

बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब १८ लाख रुपैयाँ बराबरको १९० थान चेकिङ्ग बोर्ड हस्तान्तरण गर्नु भएको हो ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि थप व्यवस्थित र सुरक्षित बनाउन सहज होस् भन्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको कुरा बताउनुभयो ।

साथै उक्त चेकिङ्ग बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभार समेत यस कम्पनीले गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने कुरा बताउनुभयो ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्