खल्ती वलेट स्थापनाकाे सात वर्ष, ल्यायाे नयाँ अफर


 


काठमाडौँ, माघ १२ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज (शुक्रबार) आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ ।

२०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले स्थापनाको सातौं वर्ष मनाइरहेको हो । खल्ती अहिले ईभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

खल्तीले कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाई ओगट्न सफल भएको दाबी गरेको छ । खल्तीले दैनिक करिब ३ लाख भन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजीवन सहज बनाइरहेको जनाएको छ ।

साथै एक लाख भन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भइरहेका छन् । आफ्नो स्थापनाको छोटो अबधीमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तिय संस्था र एक हजार पाँच सय बढी सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको खल्तीको दाबी छ ।

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१ः२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ ।

खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वलेट मात्र नभई ‘योङ्ग एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ । आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने जनाएको छ ।

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघ (७ दिन) को अवधि भर पहिलो बैकं लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स, खल्ती पोईन्ट, कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।

‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन्। भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ, दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनोभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।

साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्