नेको इन्सुरेन्सको सञ्चालक समिति अध्यक्षमा निरौला चयन


 


काठमाडौं, माघ १२ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट दुई जना र साधारण शेयरधनीको तर्फबाट तीन जना गरी जम्मा पाँच जना संचालकहरुलाई निर्वाचित गरेको हो ।

निर्वाचित हुने संचालकहरुमा संस्थापक शेयरधनीका तर्फबाट रमेशकुमार निरौला र प्रताप सुवेदी, साधारण शेयरधनीको तर्फबाट भरतुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ छन् ।

निर्वाचन पश्चात् बसेको ४५७औं संचालक समितिको बैठकले रमेशकुमार निरौलालाई संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

साथै साधारणसभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्