मानसिक सन्तुलन बिग्रेकी युवती बलात्कृत, एक जना पक्राउ


 


विराटनगर, माघ १२ । मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार बेलुकी १८ वर्षीय युवतीलाई करणी गरेको आरोपमा लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

उनले युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर बलात्कार गरेको आरोप छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्