यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले फिल्डिङ गर्दै


 


काठमाडौं, माघ १२ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

बफेलो पार्क इस्ट लन्डनमा अफगानिस्तानसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

पहिले बलिङ गर्ने नेपालले दुई परिवर्तन गरेको छ । दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरा खेल्नेछन् ।

सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।

आईसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन् ।

दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्। आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्