सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन


 


धनगढी, माघ १२ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो । धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् ।

माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिएको छ ।

सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

यससंगै अब माओवादी मन्त्रीहरू पनि फेरबदल हुने संकेत देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन् ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्