कोशीमा कांग्रेससँगको सहकार्य भंग गर्ने माओवादीको चेतावनी


 


विराटनगर, माघ १२ । नेकपा ९माओवादी केन्द्र० कोशी प्रदेशमा नेपाली कांग्रेससंग सहकारर्य भंग गर्ने चेतावनी दिएको छ ।

माओबादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले कांग्रेसले धोका दिएको भन्दै कोशीमा कांग्रेससँगको सहकार्य भंग हुन सक्ने बताएका हुन्।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा माओवादीका उमेद्वार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने चेतावनी दिएका हुन्।

उनले कांग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटकपटक धोका दिएको आरोपसमेत लगाए । गठबन्धन टिकाउने नाममा कांग्रेसकै कारण यसअघि पनि संसदमा माओवादीले सभामुख गुमाएको स्मरण गराउँदै उनले अहिले पनि आफ्ना उम्मेदवारलाई पराजित गराएको बताए ।

उनले पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरेपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने बताए ।

कोशी प्रदेशमा माओबादीकी उम्मेदवार कार्कीलाई पराजित गर्दै एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् ।

कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि र तीन जना प्रदेश सांसदले फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्