बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


 


काठमाडौं, माघ १२ । धनकुटामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बालिका बलात्कार आरोपमा साँगुरीगढी गाउँपालिका-८ का ४४ वर्षीय अनके लोहोरूङ राई पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

उनीविरूद्ध बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा मंगलबार बलात्कार गरेको उजुरी परेपछि सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्