ईमेज बचत तथा ऋण सहकारीका संचालक समिति कोषाध्यक्ष पक्राउ


 


बागलुङ, माघ १२ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति कोषाध्यक्ष ३३ वर्षीया लक्ष्मी सेन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीका सञ्चालकसमिति अध्यक्ष, कोषाध्यक्षसहित आठ जनाविरुद्ध जाहेरी परेपछि खोजतलासको क्रममा कोषाध्यक्ष सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बागलुङ निसीखोला गाँउपालिका वडा नं। ३ स्थायी घर भएकी सुनारलाई बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर ३ स्थित धोबिघाटबाट पक्राउ गरेको जनाएको छ । ब्युरोले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ ।

सरिता तिमल्सेना ९कँडेल० समेतको संयुक्त जाहेरीले इमेज वचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीलाई पक्राउ गर्न सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा प्रहरीले बागलुङ जिल्ला अदालतबाट गत जेठ २४ गते पक्राउ अनुमती लिएको थियो ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्