लागुऔषध कारोबारीलाई भगाउने पूर्वप्रहरी १६ वर्षपछि पक्राउ


 


काठमाडौं, माघ १२ । थुनामा रहेका लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका पूर्वप्रहरी जवान वीरवल यादव १६ वर्षपछि पक्राउ परेका छन् ।

यादवले काठमाडौं प्रहरीले पक्राउ गरेका भारतीय नागरिक असरफलाई थुनामै रहेका बेला २०६४ सालमा भगाएका थिए । उनलाई भगाएर आफू समेत प्रहरीको जागिर छाडेर भारत पुगेका थिए ।

त्यतिबेला काठमाडौं प्रहरी परिसरमै कार्यरत रहेका डीएसपी प्रतिजत केसीको किर्ते हस्ताक्षर गरेर थुनुवा कक्षभित्रबाट बाहिर निकालेर भगाएका थिए ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्