पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


 


काठमाडौं, माघ १२ । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सातजनालाई पोर्चुगल पठाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा नुवाकोटका रोजिन न्यौपाने काठमाडौंको माछापोखरीबाट पक्राउ परेका हुन् ।

न्यौपानेले प्रतिव्यक्ति दश लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने आश्वासन दिएका थिए ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्