गगन थापाले भोलिदेखि संवाद यात्रा सुरु गर्दै


 


काठमाडौँ, माघ १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलि (शनिवार) देखि संवाद यात्रा सुरु गर्ने भएका छन् ।

उनी यही माघ २६ गतेसम्मका लागि शनिबारदेखि मेची-महाकाली संवाद यात्रामा निस्कने भएका हुन् ।थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

उनको संवाद यात्रामा हुलाकी राजमार्ग वरिपरीको समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । पार्टीका कार्यकर्ता र जनताका गुनासा—सुझाव सुन्न झापाको छोटी भन्सारबाट भोलि संवाद यात्रा सुरु हुने उनले बताए ।

संवाद यात्रामा महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम छ ।

साथै काँग्रेसले शनिबारदेखि नै २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । महामन्त्री थापाले सोही अभियान अन्तर्गत आफूले संवाद यात्रा सुरु गर्न लागेको बताएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्