भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्करबाट दिँदा एक जनाको मृत्यु


 


काठमाडौं, माघ १२ । भक्तपुरको मध्यपुर ठिमीमा टिपरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति ९ बजेको समयमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस।एस चोक नजिक बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं। १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्