प्रधानमन्त्रीले लगाए एमालेलाई यस्तो आरोप


 


काठमाडाैं, पुस ९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दैमा निर्वाचन नरोकिने बताएका छन्। एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसद अवरोधले निर्वाचन नरोकिने बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर, आरोपित गरेर राष्ट्रिय एकता बलियो हुँदैन। हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्न, राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकमा निर्वाचनको वातावरण निर्माण गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ।

निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश भएका छन्। यस्तो बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरिरहेको छ। तर, संसद अवरुद्ध गर्दैमा निर्वाचन रोक्न सकिँदैन। सरकार निर्वाचन गर्न प्रतिवद्ध छ।’

अहिलेको सरकारलाई अनौठो भनेकोमा प्रधानमन्त्री लोडसेडिङ घटाउने, हिमाल, पहाड र तराईलाई जोड्ने, देशमा निर्वाचनको वातावरण बनाएर संविधान कार्यान्वयन गर्ने, पुनर्निर्माणलाई तिब्रता दिने भएकोले सरकार अनोठौ नै भएको बताए।

प्रधानमन्त्रीले महाअभियोग प्रस्ताव र निर्वाचन रोकेर एमालेले देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्