आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा शिक्षक पक्राउ


 


सर्लाही । सर्लाहीमा आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा शिक्षकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका-११ घर भइ हरिवन-१० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्की रहेका छन् ।

घरमा कोही नभएको मौका छोपेर गएको बुधबार किशोरीको घर पुगेका कार्कीले किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो।

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्