मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचना १५ दिनमा हटाउन चेतावनी


 


काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचनाहरू भत्काउन भनिएको छ ।

मनोहरा जग्गा एकीकरण आयोजनाले शुक्रबार फेरि १५ दिने सूचना प्रकाशित गर्दै संरचनाहरू हटाउन तथा भत्काउन भनेको हो ।

आयोजनाले सम्बन्धित जग्गाधनीलाई विकसित घडेरी फिर्ता गर्दा स्वीकृत डीपीआरअनुसार सडक र कित्ता जग्गामा पर्ने घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीमा अनधिकृत रुपमा निर्माण भएका घर/छाप्रा र टहरा र पर्खाल सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाई आयोजनाको काममा सहयोग गर्न अनुरोध गरेको छ ।

अन्यथा आयोजनाबाटै हटाउँदा/भत्काउँदा लागेको खर्च कानूनबमोजिम असूल उपर गरिने समेत चेतावनी दिइएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्