कपिलवस्तुका व्यापारीविरुद्ध गृह मन्त्रालयमा उजुरी, दोहोरो नागरिकता र सुन तस्करीको आरोप


 


काठमाडौं । कपिलवस्तुका सुन पसल सञ्चालकको दोहोरो नागरिकता रहेको र उनीहरुले सुन तथा लागुऔषधको कारोबार गर्दै आएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

तौलिहवास्थित कुशल सुनचाँदी पसल र जयमाता दी सुन चाँदी पसलका सञ्चालकविरुद्ध प्रमाणसहित उजुरी परेको हो ।

यी पसलका सञ्चालक दुर्गेश बर्मा र विनोद कुमार हुन् । उनीहरूको भारतमा समेत आधार कार्ड र भोटिङ कार्ड रहेको प्रमाणसहित उजुरी परेको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार यस विषयमा विस्तृत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

उनीहरुले भारततर्फ सुन तस्करी समेत गर्दै आएको स्रोत बताउँछ । अवैध धन्दाबाट कमाएको पैसाले भारतमा सम्पत्ति जोडेको छन् ।

नेपालमा पनि तस्करीको सुन किन्ने र भारतमा समेत लैजाने गरेका छन् । स्थानीय प्रहरीसँग सेटिङ मिलाएर धन्दा चलाएको भन्दै गृहमा उजुरी परेको हो ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्