राष्ट्रियसभा निर्वाचनमा चर्चित तीन स्वतन्त्र मेयरले गरेनन् मतदान


 


काठमाडौं, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशका तीन चर्चित मेयरले आज (बिहीबार) मतदान कार्यमा सहभागिता जनाएनन् ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर देशभर चर्चामा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा मतदान नगरेका हुन् ।

सातै प्रदेशमा भएको मतदान कार्यमा उनीहरु सहभागी नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्