कोशीमा ‘फ्लोर क्रस’, महिलातर्फ एमाले उम्मेद्वार कोइराला विजयी


 


विराटनगर, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ ।

बिहीबार भएको निर्वाचनमा महिलातर्फ एमालेका उम्मेदवार रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र प्राप्त गरिन् ।

कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्