अपराधी १७ वर्षपछि पक्राउ


 


दाङ , पुस ९

चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो ।

फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्