बिहे गर्छु भनेर नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ


 


काठमाडौं, माघ ११ । नाबालिकालाई बिहे गर्छु भनेर फकाई भगाएर लिई जबरजस्तीकरणी गर्ने एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बर्दियाको बढैयाताल गाउँपालिका–३ का एक युवकलाई गएको मंगलबार पक्राउ गरेको हो । प्रहरीले युवकको नाम खुलाएको छैन ।

ती युवकले यही माघ २ गते सोही ठाउँकी एक नाबालिकालाई बिहे गर्छु भनि फकाई भगाएर गाउँकै एक घरमा लिई माघ ७ गतेसम्म पटक–पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

प्रहरीले ती युवकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्