नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ७६ करोडको कारोबार


 


काठमाडौं, माघ ११ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सामान्य अंक अंकको गिरावट भएको छ । आज नेप्से ३।९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।

आज नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५।०३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्