दार्चुलामा भिरबाट लडेर मृत्यु


 


धनगढी, माघ ११ । दार्चुलामा भिरबाट लडेर शैल्यशिखर नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–८ पैराधार भन्ने ठाउँमा घाँस काट्नेक्रममा भिरबाट लडेर पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको बुधबार साँझ मृत्यु भएको छ ।

भिरबाट अन्दाजी २०० मिटर तल खसी गम्भिर घाइते भएकी उनको उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लैजाने क्रममा मृत्यु भएको हो ।

यस्तै दार्चुलाकै दुहु गाउँपालिका ३ सेरपाटा स्थित फारा बस्ने बर्ष ७२ को दौलत सिंह कुँवर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

यी दुबै घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्