बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


 


काठमाडौं, माघ ११ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्