अछाममा भरूवा बन्दुकसहित एक जना पक्राउ


 


अछाम, माघ ११ । मंगलसेन नगरपालिका–१२ ठाँटीखाद बस्ने ३१ वर्षीय टंकबहादुर शाहीलाई एक थान भरूवा बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्