क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


 


काठमाडौं, माघ ११ । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । 

श्रेष्ठले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख ४ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्