बालकुमारी घटना : मृतक दुई युवाको परिवारलाई क्षतिपूर्ति दिइयो


 


काठमाडौं, माघ ११ । बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई सरकारले १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०र१० लाख रुपैयाँ प्रदान गरिएको हो ।

१३ पुसका दिन रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०र१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्