क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ


 


पोखरा, माघ ११ । क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने एक क्यानेडियन र एक भारतीय नागरिकसहित ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानेडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचनाका आधारमा प्रहरीले छापा हान्दा ६ जनालाई पक्राउ परेका हु् ।

पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनारले छोरी क्यानेडामा रहेकाले सिधैं भिषा निकाल्ने प्रलोभन देखाएर अन्र्तवार्तामा बोलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

पक्राउ पर्नेमा पार्वती सुनारसहित पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।

यस्तै क्यानेडाका स्थायी ठेगनाका भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश भोपालका ३२ वर्षीय इस्मित कौरसमेत पक्राउ परेका छन् ।

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धि मुद्वामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्