मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप, एउटै वडाका तीन जनाको मृत्यु


 


मुगु, माघ ११ । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिका–६ पुरुमुरु गाँउमा भाइरल ज्वरोको प्रकोप फौलिएको छ ि। भाइरल ज्वरोलेएक सातामै तीन जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताउनुभयो ।

मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् ।

बिरामीहरुमा ज्वरो आउने, रुघा खोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।

पालिकाले जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर डाक्टरसहितको टोलीलाई बोलाएर बिरामीको परीक्षण गराएको शाखा प्रमुख धामीले बताउनुभयो ।

मंगलबार मात्रै पुरुमुरु र जिमा गाउँमा ११८ जना बिरामीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्