मिर्मिरे लघुवित्तको लाभांश दिने प्रस्ताव रद्ध


 


काठमाडौं, माघ ११ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ ।

गत पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भनिएको प्रस्ताव रद्द भएको हो ।

गत आर्थिक वर्ष ०७९र८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त लाभांश रद्ध गरेको जानकारी दिएको छ ।

माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएसँगै लाभांश प्रस्ताव रद्ध गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार रूपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्