जनकपुर बन्द गराउँदै हिँडेका आजपाका ६६ कार्यकर्ता पक्राउ


 


जनकपुरधाम, माघ ११ । जनकपुरमा बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टी (आजपा)का ६६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

बजार बन्द गराउँदै हिँडेका ३३ जना पुरुष र ३० जना महिला गरेर ६६ जनालाई जनकपुरका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार बन्दकर्ताले सवारी आवागमनमा अवरोध गर्ने, बन्द गर्ने, गाडीमा ढुंगामुढा गरी अराजक गतिविधि गरिरहेका थिए ।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले बिहीबार बन्द आह्वान गरेको थियो।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्