राष्ट्रियसभा चुनाव : लुम्बिनीमा मुख्यमन्त्री चौधरीले खसाले पहिलो मत


 


दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य छान्न मतदान सुरू भएको छ । बिहान ९ बजेदेखि दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा सुरू भएको मतदानमा ३०५ मतदाता रहेका छन् ।

पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन् ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र बनाइएको छ ।

‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यहरूले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर २१८ जनाले मतदान केन्द्र व्यवस्था मिलाइएको छ ।

लुम्बिनीमा दुई पदको लागि ६ जना उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्