माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पक्राउ, यस्तो छ अन्तर्य


 


काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् ।

माओवादीका पूर्वब्रिगेड कमान्डरसमेत रहेका उनी केही दिनअघि काठमाडौंबाट पक्राउ परेको खुलेको हो । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो ।

सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्