बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍कालिकोट, माघ १० । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको खाँडाचक्र नगरपालिका–२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ
गरेको हो ।

रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्