टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ


 


काठमाडौं, माघ १० । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्