नेप्सेमा गिरावट कायमै, कारोबार पनि खुम्चियो


 


काठमाडौं, माघ १० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.२५ अंकले घटेर दुई हजार ८८ दशमलव ०४ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ८० वटाको बढेको छ भने १५३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा चन्द्रगिरी हिल्स लिमिटेड र मिडसोलु हाइड्रोपावर लिमिटेड रहेको छ ।

त्यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्