फुटपाथ व्यापारीले घेरे काठमाडौँ महानगर


 


काठमाडौँ, माघ १० । फुटपाथमा व्यवसायीहरुले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् ।

रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र कार्यलय घेराउ गरेका हुन् ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्